भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन

दुई कार्यकाल भारतका प्रधानमन्त्री निर्वाचित भएका मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राति उपचारका क्रममा उनको निधन भएको हो ।

उनको राति ९ बजेर ५१ मिनेटमा निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचार गर्दा गर्दै निधन भएको हो । उनी उमेरसँग सम्बन्धित रोगको उपचार गराइरहेका थिए ।

सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंहलाई भारतको बलियो अर्थतन्त्रको जग बसाल्ने श्रेय दिने गरिन्छ ।

SHARE