वर्तमान सरकारलाई मुलुकमा लोडसेडिङ अन्त्य भएको मन नपरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । माओवादीको भातृ संस्था वाइसीएल, थाहा नगरपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
त्यसकै कारण विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई निकाल्न खोजिएको उनको दाबी छ । ‘अहिलेको सरकारलाई मुलुक लोडसेडिङमुक्त भएको बिलकुल मन परेको छैन’, उनले भने, ‘उनीहरू देशलाई फेरि अँध्यारोतिर लान चाहन्छन् ।’
दलाल र पुँजीपतिले विद्युत महसुल तिर्नु नपर्ने र गरिब जनताले तिर्नैपर्ने अवस्था सिर्जना गर्नका लागि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने चालबाजी सरकारले गरेको उनको आरोप छ ।

![prachanda-nepal-pm-1200-1024x569[1]](https://khullapatra.com/wp-content/uploads/2017/05/prachanda-nepal-pm-1200-1024x5691-696x387.jpg)








