सरकार जेनजीले बनाएको हो, तर म त्यो समूहमा पर्दिनँ : मिराज ढुंगाना

जेनजी अभियानी मिराज ढुंगानाले वर्तमान सरकार जेनजीले बनाएको भए पनि आफू त्यस समूहमा नपर्ने बताएका छन्। शनिबार काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्दै उनले जेनजीका थुप्रै फ्र्याक्सन रहेको र आफू सरकार बनाउने समूहमा नरहेको स्पष्ट पारे।

ढुंगानाले तितरबितर भएका जेनजीहरूलाई एकीकृत गर्न नयाँ पार्टी खोल्ने तयारी भइरहेको जनाउँदै पार्टी निर्माणका लागि वार्ता समिति गठन भइसकेको बताए। उनले भने, “जेनजी नमान्ने पुराना तत्वहरूको आवाज ठूलो हुनुभन्दा अघि हामी संगठित हुनुपर्छ।”

उनका अनुसार पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सेरेमोनियल राष्ट्रपतिको एजेन्डा अघि सार्नेछ। उनले वर्तमान सरकारले सहकार्य गरे निर्वाचनमा भाग लिने, नभए बहिष्कार गर्ने चेतावनी दिए। साथै ढुंगानाले अन्तरिम सरकारलाई केवल चुनाव गराउने नभई जनताको म्यान्डेट पूरा गर्न आग्रह गरे।

SHARE