ग्लोबल आइएमई बैंकको एटीएम कार्ड दुई दिन अवरुद्ध हुने बताइएको छ । बैंकले सूचना जारी गर्दै बिहीबार मध्यरात (माघ ३) देखि शुक्रबार (माघ ४) सम्म सेवा अवरुद्ध हुनेछ ।
शुक्रबार साँझ ७ बजेसम्म सेवा अवरुद्ध हुनेछ ।
बैंकको कार्ड स्वीच अपग्रेड गर्ने कार्य हुने भएकाले एटीएम सेवा अस्थायी रूपमा अवरुद्ध हुने भएको हो ।
सो अवधिमा अन्य भुक्तानीका माध्यमहरू सुचारु हुने बैंकले जनाएको छ । मोबाइल बैंकिङ, क्यूआरलगायत सेवाबाट भुक्तानी गर्न सकिने बैंकले बताएको छ ।











