राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट कास्की पुर्याइएको छ।
बुधबार दिउँसो उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याइएको हो।
सानोपाइला सहकारीको बचत रकम अपचलनमा बयानका लागि लामिछानेलाई सोमबार पर्सा पुर्याइएको थियो।
मंगलबार बयान सकेर बुधबार बिहान सिमरास्थित विमानस्थलबाट काठमाडौं हुँदै पोखरा पुर्याइएको हो।
लामिछानेसहित प्रतिवादीहरूलाई म्याद थपका लागि बिहीबार अदालतमा उपस्थित गराउनुपर्नेछ।
सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो।
सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो।
लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।










