प्रथम खो खो विश्वकप को महिलातर्फ नेपाल उपविजेता बनेको छ । आइतबार भएको फाइनलमा घरेलु टोली भारत नेपालको उपाधिका लागि बाधक बनेको हो ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा नेपाल भारतसँग ७८–४० ले पराजित भएको हो ।
घरेलु कोर्टमा भारतीय महिला टोली अपराजित रहँदै च्याम्पियन बनेको हो ।
महिलातर्फ नेपाल र भारत दुबै अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारतले बाजी मारेको हो ।
पुरुषतर्फ पनि नेपाल फाइनलमा प्रवेश गरेको छ । पुरुषतर्फ पनि नेपाललले भारतकै सामना गर्न लागेको छ ।