राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनको घोषणा गरेको छ । मंगलबार काठमाडौंमा बसेको राप्रपा आन्दोलन परिचालन मूल समितिले पार्टी आन्दोलनमा जाने निर्णय गरेको हो ।
बैठकले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ । राजसंस्था, हिन्दुराष्ट्रको पक्ष र संघीयताको विपक्षमा शान्तिपूर्ण रूपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि बैठकले गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
त्यस्तै आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गर्ने समेत बैठकले निर्णय गरेको उनले बताए।