‘राख्दै गर्नू दशैंको जमरा’ बोलको गीत सार्वजनिक

काठमान्डौं- ‘राख्दै गर्नू दशैंको जमरा’ बोलको गीत सार्वजनिक गरिएको छ।

शनिबार सार्वजनिक गीतमा गायक हरि प्रसाद फुयाल र गायिका शुशिला देवकोटा फुयालको स्वरमा सजिएको “राख्दै गर्नू दशैंको जमरा” गीतको म्युजिक भिडियो शुशिला देवकोटा अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडिओमा लक्ष्मी दर्नाल ,रामकुमार खतिवडा , हरि प्रसाद फुयाल , शुशिला देवकोटा फुयालको अभिनय रहेको छ ।

सानु के.सीको शब्द ,रेशम थापाको संगीत रहेको गीतलाई, एरेन्ज सुफिक्स मदन, मिक्सिङ / मास्टरीङ गोबिन्द सोनीले  गरेका हुन्। भने उमेश कार्कीको  निर्देशनमा भिडिओ तयार भएको हो।

सन्तोष तिमल्सिनाको छायांकन,रोशन धितालको सम्पादन रहेको छ । गीतलाई साझा क्रियसन प्रा.लिको निर्माणमा शुशिला देवकोटा अफिसियल युटुब च्यानलबाट बजारमा प्रस्तुत गरेको हो।
https://youtu.be/jhUGi89UH8Y?si=pR8aVtn1gXKIWTjQ

 

SHARE