काठमाडौं । हिन्दु नारीहरुको महान् पर्व हरितालीका तीजको अवसर पारेर गायिका रचना रिमाल, बद्रि पंगेनीको स्वरमा रहेको ‘पाल्पाली कान्छो झापाली कान्छी’ गीत सार्वजनिक भएको छ ।
प्रेमिल जोडिको माया प्रेमलाई गीतमा समावेश गरिएको छ । गीतमा शिब अखेलीको शब्द र विनोद बाजुराजीको एरेन्ज छ ।
‘पाल्पाली कान्छो झापाली कान्छी’ गीतमा अजय रेग्मीको छायाँकन, नविन घर्ति मगरको सम्पादन छ । भिडियोमा संकर बिसीको निर्देशन रहेको छ । गीतको भिडियोमा रबिना भण्डारी र कर बिसीको अभिनय देख्न सकिने छ । गीतलाई Badri Pangeni युट्युब च्यानलबाट बजारमा प्रस्तुत गरेको हो।
भिडियो :










