देशभर हिन्दु लम्बी नारीहरूले आज हरितालिका तिज मनाउँदै

देशभर हिन्दु लम्बी नारीहरूले आज हरितालिका तिज मनाउँदैछन्।

आजको दिन महिलाहरूले निराहार पानीसमेत नखाइ व्रत गर्ने र भगवान् शिवको पूर्जा—अर्चना र उपासना गर्छन्। तिजमा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण र पतिपत्नीको दीर्घायु प्राप्ति हुने धार्मिक विश्वास छ ।

आजको दिन महिला मात्रै व्रत बस्छन् भन्ने छैन। महिला, पुरूष दुवै जना व्रत बस्न सक्ने र महादेवको उपासना र अनुष्ठान गर्न सक्ने धार्मिक मान्यता छ।

व्रतालु महिला, पुरूषहरू महादेवका मन्दिरका अतिरिक्त विभिन्न देवस्थल गइ पूजाआराधना गर्ने परम्परा छ। पूजाअर्चनापछि आपसमा भेला भएर नाचगान गर्ने गर्छन्। तिजको अघिल्लो दिन रात्रि दर खाने प्रचलन छ। निराहार व्रत बस्ने अघिल्लो दिन छोरी, दिदीबहिनीहरूलाई माइतीमा बोलाइ दर खुवाउने प्रचलन छ।

 

SHARE