रोशी गाउँपालिकाका प्रथम अध्यक्ष डीबी मोक्तानले जन्मदिनको अवसरमा“डम्फु सेलो”लाई आर्थिक सहयोग

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिकाका प्रथम अध्यक्ष एवम् तामाङ चलचित्र संघका संरक्षक डीबी मोक्तानले आफ्नो जन्मदिनको अवसरमा “डम्फु सेलो” कार्यक्रमलाई रु.२५,००० (अक्षरुपी पच्चिस हजार रुपियाँ) सहयोग हस्तान्तरण गर्नुभएको छ ।

उक्त सहयोगको उद्देश्य तामाङ समुदायको मौलिक पहिचान बोकेको सेलो संगीतको प्रवर्द्धन गर्ने र नयाँ पुस्तामा यसको महत्व उजागर गर्ने रहेको आयोजकले बताएका छन् ।

तामाङ भाषा, साहित्य र चलचित्रको क्षेत्रमा निरन्तर सक्रिय मोक्तानले आफ्नो जन्मदिनको अवसरमा विगतदेखि नै विभिन्न सांस्कृतिक कार्यक्रमलाई प्रोत्साहन गर्दै आउनुभएको छ । उहाँको सक्रियताले स्थानीय प्रतिभालाई अभिव्यक्ति दिने मंच मात्र होइन, तामाङ संस्कृतिलाई राष्ट्रिय स्तरमा उजागर गर्ने बाटो पनि खुलेको छ ।

सामाजिक उत्तरदायित्वलाई सदैव प्राथमिकतामा राख्दै मोक्तानले शिक्षा क्षेत्रमा छात्रवृत्ति सहयोग, विपद् पीडितलाई राहत वितरण, ग्रामीण सडक निर्माण, खानेपानी व्यवस्था जस्ता कार्यलाई निरन्तरता दिँदै आउनुभएको छ । उहाँको समाजसेवात्मक योगदानले उहाँलाई केवल राजनीतिक नेतामात्र नभई समाजको ब्रान्ड व्यक्तित्वका रूपमा स्थापित गराएको छ ।

मोक्तानको भनाइ अनुसार, यदि स्थानीय समुदाय, कलाकार र समाजसेवीहरूको एकता कायम रह्यो भने तामाङ समुदायको सांस्कृतिक सम्पदा—विशेषतः सेलो संगीत—लाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सकिनेछ ।

SHARE