समयमै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुन्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयमै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन्।
बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा उनले पार्टी विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन माग दर्ता भएको मितिले ९० दिनभित्र सम्पन्न गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको बताए।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।

शर्माले विशेष महाधिवेशनको मागलाई या त विशेष महाधिवेशनकै आयोजनाले वा त्यही अवधिभित्र नियमित महाधिवेशन गरेर मात्र सम्बोधन गर्न सकिने बताए।

SHARE