रोशन तामाङको अभिनय रहेको‘अजम्बरी माया’ गीत सार्वजनिक

काठमाडौं । गायक कार्साङ लामाको स्वर, शब्द, संगीत र एरेन्जमा तयार भएको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक भएको छ । उक्त गीतमा कार्साङ लामा र रोजिना बस्नेतको युगल स्वर रहेको छ ।

रोमान्टिक शैलीमा तयार गरिएको गीतको भिडियोमा कलाकार रोशन तामाङ र पुजा लामाको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन दिपक गिरिले गरेका हुन् भने सुशील डागीले सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने निशान एस केले गरेका हुन् ।

गीतसँगै तयार भएको भिडियो रोशन तामाङको आधिकारिक युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो ।

SHARE