काठमाडौँ । अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न सरोकारवालासँग परामर्शमा छन्।
जेनजीको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भए पनि संवैधानिक प्रक्रिया स्पष्ट नभएकाले छलफल भइरहेको हो।
यसक्रममा जेनजी अभियन्ता सुदन गुरुङलाई समेत शीतलनिवास बोलाइएको छ। जेनजी प्रतिनिधिहरू संविधानबमोजिमै निकास खोज्ने पक्षमा देखिएकाले आजै अन्तरिम सरकार बन्ने संकेत छ।
यसअघि शीतलनिवासले गृह मन्त्रालयलाई नयाँ प्रधानमन्त्री स्वागतको तयारी गर्न निर्देशन दिएको थियो।










