प्रधानमन्त्री कार्कीको निर्देशन– नर्सको समस्या तत्काल समाधान गर

पोखरास्थित मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू तलब वृद्धि माग गर्दै आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयलाई नर्सहरूको माग तत्काल समाधान गर्न निर्देशन दिएकी छन्।

बिहीबार मन्त्रालयका सचिव डा. विकास देवकोटासँगको छलफलपछि उनले स्वास्थ्यकर्मीलाई सरकारी सरह तलब सुविधा दिनुपर्ने बताइन्। मन्त्रालयले असोज २४ गते सबै अस्पताल र मेडिकल कलेजलाई स्वास्थ्यकर्मीको न्यूनतम तलब, अतिरिक्त भत्ता, नियुक्तिपत्र र बैंकिङ भुक्तानीलगायतका ५ बुँदे निर्देशन पठाइसकेको जनाएको छ।

निजी मेडिकल सञ्चालकहरू भने अझै मन्त्रालयको निर्णय कार्यान्वयन गर्न तयार छैनन्। नर्स आन्दोलनका कारण अस्पतालहरूले बिरामी भर्ना लिन छाड्दा सेवा प्रभावित भएको छ।

SHARE