पृथ्वी राजमार्गका तीन स्थानमा सवारी आवगमनमा रोक

पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगादेखि धादिङ हुँदै चितवनको मुग्लिङसम्मको सडकका विभिन्न तीन स्थानमा सवारीसाधन आवगमनमा आंशिक रोक लगाइएको छ । सडक सुधारका लागि कटान गर्न थालिएसँगै सवारीसाधनलाई रोकिएको हो ।

मलेखु–मुग्लिङ खण्डमा पर्ने विशालटार, नौबिसे–मलेखुमा पर्ने पोखरे र धुनिवेशी नगरपालिका वडा नम्बर–९ स्थित सिस्ने खोला क्षेत्रमा मोड सुधार गर्न ‘हिल स्लोप कटिङ’ सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले सो क्षेत्रमा आंशिक रूपमा सडक बन्द हुनेबारे यसअघि सूचना प्रकाशन गरेको थियो । सडक कटान सुरु भएको क्षेत्रमा मध्याह्न ११ बजेदेखि २ बजेसम्म आंशिक रूपमा सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासनको सूचनामा भनिएको छ ।

प्रशासनका अनुसार पुस ७ गतेदेखि १३ गतेसम्म यस्तो व्यवस्था गरिएको हो ।

प्रहरीले सो क्षेत्रमा एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सवारी साधनलाई चल्न दिएको छैन ।

SHARE