घाइतेहरूको प्रधानमन्त्रीलाई चेतावनी — ‘भ्रष्टाचारीमाथि कारबाही नभए पुनः आन्दोलनमा उत्रिन्छौं’

प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका घाइतेबीचको छलफल बिहान १०:३० बजे सुरू भई केही बेरअघि मात्र सकियो। रूपिन खड्काको नेतृत्वमा आएका १८ जनाले भ्रष्टाचारी र आन्दोलन दमनकारीहरूविरुद्ध कठोर कारबाही गर्न सरकारलाई आग्रह गर्दै, कारबाही नभए पुनः आन्दोलन गर्ने चेतावनी दिए।

प्रधानमन्त्री कार्कीले कानुनी सीमाभित्र रही आन्दोलनको म्यान्डेटअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै भनिन्, “चुनाव पनि हुन्छ, भ्रष्टाचारको छानबिन पनि हुन्छ। दबाब दिन नछोड्नुस्, अब नतिजा आउँछ।”

गृहमन्त्री ओमप्रकाश अर्यालले दमन र भ्रष्टाचार सम्बन्धी छानबिनमा प्रगति भइरहेको बताउँदै भाग्न खोजेकाहरू नेपालमै देखापर्न थालेको जानकारी दिए।

SHARE