आइसिसी लिग–२मा आज नेपाल र अमेरिकाबीच भिडन्त

दुबई अन्तर्राष्ट्रिय रंगशालामा आज बिहान सवा ११ बजे नेपालले अमेरिकासँग आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको खेल खेल्दैछ।
टी–२० विश्वकप छनोटमा उपाधि जित्दै उच्च लयमा रहेको नेपाली टोलीले अमेरिकाविरुद्ध कडा टक्कर दिने अपेक्षा गरिएको छ।

लिग–२ मा नेपालले १६ खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको छ। स्कटल्यान्ड ३० अंकसहित शीर्षमा छ भने अमेरिका २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ।

नेपालले यस सिरिजमा अमेरिका र युएईसँग दुई–दुई खेल खेल्नेछ।
आगामी खेलहरू क्रमशः ३० अक्टोबरमा युएईसँग, १ नोभेम्बरमा अमेरिकासँग, र ५ नोभेम्बरमा पुनः युएईसँग हुने छन्।

 

SHARE