दशैंको लागी भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न उपलब्ध

 मकवानपुरको कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ ।

बुधबार विजया दशमीको अवसरमा कारागारका कैदीबन्दीलाई गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले २ वटा खसी, चिउरा र तेल हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा पालिकाका लेखा प्रमुख नविन धिताल, रोजगार संयोजक अर्पण लामा, १० नम्बर पूर्ववडाध्यक्ष माणिकलाल मुक्तान लगायतको उपस्थिति थियो ।

अध्यक्ष मुक्तानसहितको टोलीले पालिकाका कारागारमा रहेका कैदीबन्दीसँग भेटघाट गरि शुभकाकना आदानप्रदान समेत गरेका थिए । कारागारमा एक हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र २ जना आश्रित नाबालक रहेका छन् । कारागारमा २ वटा पुरुष ब्लक र १ वटा महिला ब्लक रहेको छ ।

 

SHARE