काठमाडौँ । नेकपा (एमाले)ले सोमबार घर फर्क अभियान अन्तर्गत काठमाडौँमा आयोजना गरेको कार्यक्रममा एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमालेमा फर्किएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झन्डा प्रदान गर्दै स्वागत गरे । कार्यक्रममा एकीकृत समाजवादीमा गएका केन्द्रीय, प्रदेश र जिल्ला तहका अन्य नेताहरू पनि एमालेमा पुनः प्रवेश गरेका छन् ।











