महाधिवेशनको मितिमा सहमति नजुटेपछि कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे सानेपामा बस्दै छ। असोज २८ देखि जारी बैठक महाधिवेशनको मिति तय गर्ने विवादका कारण पटक–पटक सारिँदै आएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनौपचारिक छलफलमार्फत सहमति खोज्ने प्रयास गरे पनि दुई पक्ष आफ्ना अडानमै अडिग छन्।

महामन्त्री गगन थापाले पुस १६–१९ गते महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० गते गर्ने कार्यतालिका पेस गरेका छन्। थापा प्रस्तावलाई इतर समूह र यादव प्रस्तावलाई संस्थापन समूहले समर्थन गरेपछि विवाद झनै गहिरिँदै गएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन्।

SHARE