अमिर दोङ र एलिना रायमाझीको अभिनयमा ‘बौद्ध नयाँबस्ती’ बोलको गीत सार्वजनिक

‘बौद्ध नयाँबस्ती’ बोलको गीत सार्वजनिक गरिएको छ।

शुक्रबार सार्वजनिक गीतमा गायक चोइस दोङ र गायिका सुमिना लोको स्वरमा सजिएको “बौद्ध नयाँबस्ती” गीतको म्युजिक भिडियो डम्फु मिडियाबाट जोरपाटी स्थित सेनोर हाउसमा पत्रकार सम्मेलन गरि  सार्वजनिक गरिएको हो ।

भिडिओमा  नायक अमिर दोङ, नायिका एलिना रायमाझी, कुइसाङ रुम्बा, सञ्जीव गोले, विशाल दोङ, डिवि रुम्बा,पेमा योञ्जनको अभिनय रहेको छ ।

हाँस्यकलाकार कुइसाङ रुम्बाको शब्द ,चोइस दोङको संगीत रहेको गीतलाई, एरेन्ज जोगलाल लामाको, मिक्सिङ / मास्टरीङ दिपेश प्रधानले  गरेका हुन्। राजकिङ वाइबाको कोरियोग्राफी रहेको छ भने अमिर दोङको  निर्देशनमा भिडिओ तयार भएको हो।

विक्रम लामा (मोक्तान) को छायांकन/सम्पादन रहेको छ भने निर्माण सुस्मिता लामाले गरेका हुन् गीतलाई डम्फु मिडिया प्रा.लि.अफिसियल युटुब च्यानलबाट बजारमा प्रस्तुत गरेको हो।
https://youtu.be/Bc0LqKD53OE?si=D16l4hzWjC_7ia8u
SHARE