काठमाडौँ । केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ।
ओलीको सचिवालयका अनुसार उनको बिहान ३ बजे नेपाल–कोरिया मैत्री नगर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
सचिवालयका अनुसार मोहनप्रसाद ओली केही दिनदेखि अस्वस्थ थिए। उनी छोरीको घरमा बस्दै आएका थिए। स्वास्थ्य अवस्था जटिल भएपछि शुक्रबार बिहान अस्पताल पुर्याइएको थियो। चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन्।
उनको पार्थिव शरीर केहीबेरमा भक्तपुरस्थित अध्यक्ष ओलीको निवास गुण्डु लगिने सचिवालयले जनाएको छ।
त्यसपछि आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको बताइएको छ।









