मुस्ताङको कागबेनी बस्तीमा बाढी छिरेपछि प्रहरीचौकीसहित १० घर बगायो

मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १० घर बगाएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले दिएको जानकारी अनुसार वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी तल कागबेनी बस्तीमा छिरेपछि १० वटा घर/होटल, प्रहरी चौकी, जोमसाोम–कोरोरा सडकको पक्की पुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको छ ।

भने बाढीले कागबेनीस्थित धर्मशाला पुरेको छ ।  दुई दिनदेखि लगातार झरी परेपछि मुक्तिनाथदेखि केही तल झोङको पहिरो कागखोलामा मिसिएपछि बाढी आएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रजिअ अनुप केसीले बताएको छ ।

 

 

SHARE