काठमाडौं । रामबहादुर थापा नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचन प्रक्रियामा उनी एक्ला उम्मेदवार बनेपछि निर्विरोध चयन भएका हुन्।
यसअघि सुहाङ नेम्वाङ ले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका थिए। तर मनोनयन दर्ताको अन्तिम समयमा प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उनले उम्मेदवारी दर्ता गर्न सकेनन्।
निर्वाचन प्रक्रियापछि निर्विरोध निर्वाचित भएका बादललाई नेम्वाङले खादा ओढाएर बधाई दिएका थिए। एमालेभित्रको आन्तरिक सहमतिका कारण नेतृत्व चयन सहज बनेको नेताहरूले बताएका छन्।









