भ्यू–टावर सर्वसाधारणका लागि खुला

बाँकेको कोहलपुरमा निर्माण गरिएको भ्यू–टावर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । कोहलपुरको गोलपार्कमा निर्माण गरिएको भ्यू–टावर परीक्षणकालका लागि नगरपालिका आफैँले सञ्चालन गर्नेगरी सर्वसाधारणका लागि खुला गरिएको हो ।

पाँच  करोड ३५ लाख रुपियाँमा निर्माण गरिएको भ्यू–टावर सञ्चालनका लागि पटक–पटक बोलपत्र आब्हान भए पनि निवेदन नपरेपछि नगरपालिका आफैले सञ्चालन गर्न लागेको हो । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले भ्यू–टावर आन्तरिक र बाह्य पर्यटक कोहलपुर भित्र्याउन सहयोगीसिद्ध हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोहलपुरको पर्यटन विकासका लागि यसबाट लाभ मिल्ने विश्वास लिएका छौं ।’

भ्यू–टावर प्रवेश शुल्क प्रतिव्यक्ति ७५ रुपियाँ कायम गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो । भ्यू–टावर सञ्चालनका लागि नगर प्रहरी परिचालन गरिएको छ । कोहलपुरमा व्या पार मेला सञ्चालन भइरहेको कारण प्रचार–प्रसारका लागि भ्यू–टावर खुला गरिएको थापाको भनाइ छ ।

SHARE