बुद्ध योञ्जनलाई नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार

काठमाडौं। तामाङ समुदायका बरिष्ठ पत्रकार तथा साहित्यकार बुद्ध योञ्जनलाई नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रदान गरिने ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०८२’ बाट सम्मानित गरिएको छ। उक्त पुरस्कारसँगै उहाँलाई नगद १ लाख रुपैयाँ प्रदान गरिएको छ।

मातृभाषा साहित्यको संरक्षण, प्रवर्द्धन र तामाङ भाषामा सिर्जनात्मक योगदान पुर्‍याएको कदर गर्दै योञ्जनलाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ। लामो समयदेखि पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय रहँदै उहाँले मातृभाषामा कलम चलाउँदै आएका छन्।

पुरस्कार वितरण कार्यक्रममा वक्ताहरूले मातृभाषा साहित्यको विकासमा यस्ता स्रष्टाहरूको भूमिका महत्वपूर्ण हुने बताएका थिए। उनीहरूले भाषिक विविधता नेपालको पहिचान भएकाले त्यसको संरक्षणमा राज्य र समुदाय दुवैले जोड दिनुपर्ने आवश्यकता औँल्याए।

नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रत्येक वर्ष विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टाहरूलाई यस्ता पुरस्कार प्रदान गर्दै आएको छ।