सुनिता दोङको अभिनयमा ‘तामाङ भेषैमा’ बोलको गीत सार्वजनिक

‘तामाङ भेषैमा’ बोलको गीत सार्वजनिक गरिएको छ।

शनिबार सार्वजनिक गीतमा प्रभा राईको स्वर रहेको छ। यसको भिडिओमा कुइसाङ रुम्बा, कुमार मोक्तान र सुनिता दोङको अभिनय रहेको छ ।

एकपछि अर्को गीतबाट स्रोता/दर्शकको माया पाइरहेका नायक कुमार मोक्तानले यो गीतमा अभिनय गरेका हुन्।

 थिर बहादुर घिसिङको शब्द रहेको गीतलाई कमल बोम्जनले संगीत र एरेन्ज जोगलाल लामा गरेका हुन्। प्रतिक ङेसुरको कोरियोग्राफी एवं निर्देशनमा भिडिओ तयार भएको हो।

पवन सुस्लीङको छायांकन रहेको भिडिओमा अमृत चापागाईँको सम्पादन रहेको छ। गीतलाई खाईबा प्रोडक्सन अफिसियल युटुब च्यानलबाट बजारमा प्रस्तुत गरेको हो।
https://youtu.be/l_FlGL9qQVA?si=G_s0BsG7SBmyFVFm
SHARE