सुदन किराँती श्रम संस्कृति पार्टीमा समाहित

काठमाडौं। पूर्वमन्त्री तथा सुदन किराँती श्रम संस्कृति पार्टीमा समाहित भएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत श्रम संस्कृति पार्टीले किराँतीलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेको हो।

तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट बाहिरिएपछि प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद् सदस्य रहेका किराँतीले केहीअघि मात्रै उक्त पार्टी छाडेका थिए।

शुक्रबार उनी आफ्नो समूहसहित श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन्। कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङ ले अंकमाल गर्दै किराँतीलाई पार्टीमा स्वागत गरेका थिए।

पार्टी स्रोतका अनुसार किराँतीलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने तयारी गरिएको छ। साथै उनको समूहलाई एक सचिवसहित १५ केन्द्रीय सदस्य दिने समझदारी भएको जनाइएको छ।

कार्यक्रममा बोल्दै नेताहरूले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका थिए।