काठमाडौं । रामकृष्ण ब्लोन नेपाल तामाङ घेदुङको १०औं सङ्घीय अध्यक्षमा भारी मतसहित निर्वाचित हुनुभएको छ।
ब्लोनले आफ्ना चार प्रतिद्वन्द्वीलाई पछि पार्दै अध्यक्ष पदमा जित हासिल गर्नुभएको हो। उहाँको पक्षमा ३ सय ६ मत खसेको थियो।
सङ्घीय अधिवेशनबाट सह–अध्यक्षमा सरोज मोहन लामा, वरिष्ठ उपाध्यक्षमा सन्चु ब्लोन तथा उपाध्यक्षहरूमा काजिमान थिङ, दिनेश कुमार लो, पासाङ दोर्जे लामा र प्रेम लो तामाङ निर्वाचित हुनुभएको छ।
यस्तै, महिला उपाध्यक्षमा दीना लामा र बिना मम्बा तामाङ निर्वाचित हुनुभएको छ। महासचिवमा लिलाकुमार ग्लान निर्वाचित हुँदा उप–महासचिव खुल्लातर्फ निर्मल बहादुर तामाङ र बिलाम मोक्तान तथा महिला उप–महासचिवमा श्रमिक लामा निर्वाचित हुनुभएको हो।
सचिवमा सुनिल मोक्तान, सुन्दर थोक तामाङ, हिरालाल तामाङ, उषा वाइबा र सङ्गीता तामाङ पाख्रीन निर्वाचित हुनुभएको छ।
कोषाध्यक्षमा तिर्थमान बल तथा सह–कोषाध्यक्षमा सिता चोदेन तामाङ निर्वाचित हुनुभएको छ।
नामावली














