सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै छन्। कीर्तिपुरको त्रिवि मैदानमा शुक्रबार अपराह्न ४ बजे हुने खेलको दोस्रो इनिङ फ्लडलाइटमा खेलिनेछ।
दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो भने सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले हराएको थियो। रोयल्सको कप्तानी दीपेन्द्रसिंह ऐरी र पोखराको नेतृत्व कुशल भुर्तेलले गरिरहेका छन्।










