नेपाल चलचित्र निर्माता संघको १९औं साधारणसभाबाट उदय सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको १९औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचन सम्पन्न भई उदय सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

कार्यसमितिहरुमा अध्यक्ष उदय सुब्बा (निर्वाचित),उपाध्यक्ष ज्योतिराज राई र रौनकविक्रम कँडेल (सर्वसम्मत),महासचिव खगेन्द्रप्रसाद लामिछाने (निर्वाचित),सचिव युवराज गिरी (निर्वाचित),कोषाध्यक्ष रामप्रसाद रिजाल (निर्विरोध) का सदस्यहरू श्रीधर पौडेल, चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, घनेन्द्र थपलिया, मनोजकुमार अधिकारी, राजकुमार पण्डित र प्रवीण कार्की चयन भएको छ ।

 

SHARE