नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७१ मतले पराजित गरेका हुन् ।
सापकोटाले ६८६ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत ल्याएका हुन्।
महासचिवमा रोशन थापामगर
यसैगरी महासचिवमा रोशन थापामगर विजयी भएका थिए । उनले ५९६ मत प्राप्त गरेका थिए। उनले उपत्यका विशेष प्रदेशबाट १०० मत ल्याए भने विश्वविद्यालयबाट ८७ मत पाएका थिए।
उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४० मत ल्याएका थिए।
महतोले उपत्यकाबाट ४७ र विश्वविद्यालयबाट ६८ मत पाए। उपत्यकामा २६४ र विश्वविद्यालयमा २५८ मत खसेको थियो।