गायिका प्रेमा तामाङको स्वरमा “ऐना झ्यालैमा” सार्वजनिक (भिडिओ)

‘ऐना झ्यालैमा’ बोलको गीत सार्वजनिक गरिएको छ।

शनिवार सार्वजनिक गीतमा गायक शैलाप वाइबा र प्रेमा तामाङको स्वरमा सजिएको “ ऐना झ्यालैमा” गीतको म्युजिक भिडियो  सार्वजनिक गरिएको हो ।

भिडिओमा  गायक शैलाप वाइबा , सेरोङ मनङथेन ,रुपा एस घले ,सागर घिसिङ र प्रेमा तामाङको अभिनय रहेको छ ।

शैलाप वाइबाको शब्द / संगीत रहेको गीतलाई, एरेन्ज राजु खड्काको, मिक्सिङ / मास्टरीङ डिका गुरुङले  गरेका हुन्। भने एम बि गुरुङको  निर्देशनमा भिडिओ तयार भएको हो।

स्वोमिक गौतमको छायांकन रहेको भिडिओमा रोशन धितालको सम्पादन रहेको छ । गीतलाई शैलाप वाइबा युट्युब च्यानलबाट  बजारमा प्रस्तुत गरेको हो ।
https://youtu.be/Pr8wTGOM1Ic?si=DJzOIyVNqJ1UzEB0
SHARE