हिमालीले पोखरामा घाँटु गोष्ठी गर्ने

पोखरा, २८ जेठ

लोक सँस्कृति संरक्षण अभियानमा क्रियाशील हिमाली साँस्कृतिक परिवारले पोखरामा घाँटु सम्बन्धी एक दिने कार्यशाला गोष्ठी गर्ने भएको छ।

पोखरा ९,पुरानो बसपार्कस्थित हिमाली साँस्कृतिक परिवारले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहयोगमा असार २ गते घाँटु सम्बन्धी गोष्ठी गर्ने भएको हो।

हिमाली साँस्कृतिक परिवारको बुधवार सम्पन्न बैठकले लोक सँस्कृति संरक्षण अभियान अन्र्तगत पश्चिमाञ्चलको मौलिक लोक नृत्य घाँटु लोप हुदै गएकाले गोष्ठी गर्ने निर्णय गरेको हो।

उक्त गोष्ठीमा घाँटुविद घाँटु गुरुहरु लमजुङ डडुवाका कुलधोज गुरुङले बाह्रमासे घाँटु, तनहुँ दमौलीकी दिलमाया गुरुङले सती घाँटु र लमजुङ घनपोखरा नाँयुका रामबहादुर गुरुङले कुसुण्डा घाँटुको बारेमा कार्यपत्र प्रस्तुत गर्ने भएको छ । यसरी नै सँस्कृतिविद प्राध्यापक डा.जगमान गुरुङ र हिमाली साँस्कृतिक परिवारका प्रमुख संरक्षक, बरिष्ट र्सँस्कृतिकर्मी चेतन कार्कीले टिप्पणी गर्नु हुने परिवारका अध्यक्ष बरिष्ठ सँस्कृतिकर्मी मेनकाजी गुरुङले जानकारी दिनुभयो।

कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन हिमाली साँस्कृतिक परिवारले विभिन्न समितिहरु बनाइ कार्यसमिति सदस्यहरु र आफ्ना कलाकारहरुलाई जिम्मेवारी दिएकोछ ।

परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षता र सहसचिव भेषराज गुरुङको संचालनमा भएको बैठकमा संरक्षक, मानार्थ सदस्यहरु, सल्लाहकारहरु, कार्यसमिति र हिमाली साँस्कृतिक परिवारका कलाकारहरुको सहभागीता रहेको थियो।

जेठ

उपप्रधानमन्त्री समेत रहनु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरिक्षण गर्नुभएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरिक्षण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनुभएका अध्यक्ष यादवले मुलुक संघीयतामा फड्को मारे पनि नेताहरुको मानसिकता एकात्मक भएकाले केही समय प्रादेशिक संरचना निर्माणमा समस्या रहेको बताउनुभयो। उहाँले प्रादेशिक अस्पताल र प्रादेशिक स्तरीय जनस्वास्थ्य कार्यलय स्थापना गरी जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने बताउनुभयो। स्वास्थ्य विज्ञान प्रतिष्ठान आफै स्वावलम्बी बन्नका लागि मेडिकल कलेज संचालन गर्न जरुरी रहेको बताउनुभयो।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था, आगामी कार्ययोजना, प्रदान गर्दै आएको सेवा सुविधा र समस्याहरुका बारे प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले जानकारी गराउनुभएको थियो।

SHARE