चलचित्र ‘जनै हराएको बाहुन’ को  मुख्य अभिनेत्री रुपमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्धित

चलचित्र ‘जनै हराएको बाहुन’ को  मुख्य अभिनेत्री रुपमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको छ । रिलिज डेट लिइसकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ ।

चलचित्रमा अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् ।

‘जनै हराएको बाहुन’ मा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन् । सिनेमामा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन ।

चलचित्रको केही समय अघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ ।

‘जनै हराएको बाहुन’ लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्देशन छन् । यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

SHARE