कमलरीमुक्त अभियन्ता उर्मिला चौधरी प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

कमलरीमुक्त अभियन्ता उर्मिला चौधरी प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन् । चौधरी अन्तर्राष्ट्रिय अवार्ड ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’बाट सम्मानित भएकी हुन् ।

नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई अमेरिकी विदेश मन्त्रालयले सम्मान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

पूर्वकमलरीसमेत रहेकी उर्मिला कमलरीमुक्त अभियानमा संलग्न भएकी अभियन्ता हुन् । ११ वर्षसम्म साहुको घरमा कमलरी बसेकी उनी २०६३ माघ १ मा मुक्त भएकी थिइन् । उनी मुक्त भएसँगै त्यही अभियानमा जोडिएकी थिइन् ।

SHARE