अवैध सुनसहित भारतीय नागरिक पक्राउ।

अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भन्सार छली लैजान लागेको करिब १ सय ग्राम सुनको बालासहित भारतीय नागरिक ४२ वर्षीय इस्हाबलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई सुन ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

SHARE