गायक यश कुमारको ‘तिमी छौं र त’ बोलको गीत सार्वजनिक

 

गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको ‘तिमी छौं र त’ बोलको गीत सार्वजनिक भएको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै  ‘तिमी छौं र त’ बोलको सार्वजनिक गरिएको हो। उक्त भिडियोमा यश कुमार, अनु थापा, प्रेम सुब्बा, राजेश घतानीलगायत कलाकारको अभिनय रहेको  छ।

कार्यक्रममा गायक यश कुमारले  गीतमा ब्राह्मण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको प्रेम बुनेर म्युजिकल फिल्म निर्माण गरेको बताए।

दिनेश पराजुलीले छायांकन गरेको म्युजिकल फिल्मलाई विकाश धमलाले सम्पादन गरेका छन्। यसलाई विज्ञान राईले निर्देशन गरेका हुन्।   म्युजिकल फिल्म यश कुमार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

SHARE