म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन भब्य रुपमा सम्पन्न

लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको अध्यक्षतामा म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन ” भब्य रुपमा सम्पन्न भएको छ ।उक्त कार्यक्रम चलचित्र कलाकार संघ नेपालका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन ” बाट सम्झना बुढाथोकी निर्बिरोध रुपमा निर्वाचित भएकी छिन् , बरिष्ठ उपाध्यक्षमा महेन्द्र गौतम (निर्बिरोध निर्वाचित), उपाध्यक्ष पदमा शिवन पोखरेल (अत्याधिक मतले बिजयी), महिला उपाध्यक्षमा मञ्जिता केसी (निर्बिरोध निर्वाचित), महासचिवमा सुनिल लामिछाने (पुनः निर्बिरोध निर्वाचित), सचिवमा बिमल अधिकारी (२ मतले बिजयी), महिला सचिवमा सारिका केसी (निर्बिरोध निर्वाचत), कोषाध्यक्षमा देबेन्द्र क्षत्री (निर्बिरोध निर्वाचित) भएका छन् ।

खुल्ला सदस्य पदमा काजिश श्रेष्ठ, बिक्रम चौहान, ओबी रायमाझी, प्रबिण थापा, चक्र बम अत्याधिक मतले बिजयी भएका छन् ,  महिला सदस्यमा उषा सुबेदी र सञ्चिता शाही अत्याधिक मतले बिजयी भएका हुन् ।

उपाध्यक्ष पद, सचिव पद, खुल्ला सदस्य पद र महिला सदस्य पदमा सहमती हुन नसकेपछि मतदान गरिएको थियो । अन्य पदमा  निर्बिरोध निर्वाचित भएका थिए ।

 

SHARE