तामाङ पत्रकार संघ बागमती प्रदेश समितिको अध्यक्षमा ज्ञानेन्द्र तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार मकवानपुर हेटौडामा भएको बागमती प्रदेश समितिको दोस्रो अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
प्रदेशको उपाध्यक्षमा जगतमान तामाङ निर्वाचित भए भने सचिवमा दिल बहादुर तामाङ निवार्वाचित भए । सह सचिवमा मायालु लामा निर्वाचित भइन् ।
यसैगरी कोषाध्यक्ष पेमा लामा दोङ भइन् ।
सदस्यमा श्यामलाल लामा, फुर्वा तामाङ, नवराज वाईबा, बबिलाल तामाङ , विकास वाईवा रहेका छन् ।
कार्यक्रममा तामाङ पत्रकार संघ (एटीजे) जिल्ला शाखा चितवन र रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामालाई सम्मान गरिएको छ ।










