दिलिप योञ्जनको आमा मेरी आमा एल्बम सार्वजनिक

गीतकार संघ नेपालको आयोजनामा दिलिप योञ्जनको आमा मेरी आमा एल्बम  सार्वजनिक भएको छ।

सार्वजनिक एल्बममा आमा मेरी आमा,खाली हात आयो हामी,उठ्नु पर्छ जुट्नु पर्छ,डम्फु र टुङ्गना बजाउदै र युगौं युग सँग संगै बाचौंला गीत समावेस गरिएको छ ।

उक्त गीतमा दिलिप योञ्जनको शब्द , संगीत राजेश थापा र डि.बी. लामाको रहेको छ भने राजु कार्की,प्रविन वाङ लामा र जोगलाल लामाले संगीत संयोजन गरेका छन ।

आमा मेरी आमा एल्बममा लोकप्रिय कलाकार सियसी चेम्जोङ,सुमिना लो , अञ्जु लामा, शुरेश लामा,प्रविन बड्वाल,शुभ तामाङले स्वर दिएका छन । भने लक्ष्मी गुरुङ तामाङ एल्बमको निर्माता रहेको छ ।

SHARE