‘म्हारमेन’ असोज १९ मा विशेष प्रदर्शन हुने

काठमाडौँ– मम्स इन्टरनेशनल नेपालको ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र ‘म्हारमेन’को विशेष प्रदर्शन हुने भएको छ ।

चलचित्र ‘म्हारमेन’ टिमले सोमबार राजधानी काठमान्डौंमा पत्रकार सम्मेलन गर्दै असोज १९ गते दिउँसो १ बजे जमलस्थित राष्ट्रिय नाचघरमा चलचित्रको विशेष पहिलो प्रदर्शन हुने जानकारी गराएको थियो ।

  चलचित्रमा तामाङ समुदायको मौलिक कला, संस्कृति, सभ्यतालाई समावेश गर्दै यसको संरक्षण र प्रवद्र्धन गर्ने जमर्को गरिएको निर्माण पक्षको दाबी छ ।

अजय स्याङतानको निर्देशन रहेको  चलचित्र ‘म्हारमेन’को निर्माण अभिनेत्री रञ्जिता  लामाले गरेकी छिन् ।  चलचित्रमा अभिनेत्री रञ्जिता लामा अभिनेता अमिर दोङ, सुश्मा मोक्तान, कुइसाङ रुम्बा, पदम दाेङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

निर्माता एवं अभिनेत्री रञ्जिता लामाको  परिकल्पनामा दोर्जे तामाङ र ऋतुराज पाख्रिनले चलचित्रको कथा लेखेका हुन् । चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, विक्रम लामाको छायांकन छ भने बद्री थिङ सहायक निर्देशनमा छन् ।

त्यस्तै, सहनिर्मातामा सुनी लामा र विनोद लामा छन् ।  चलचित्रको विशेष प्रिमियरपछि यसलाई देशैभर विभिन्न स्थानमा प्रदर्शन गर्ने निर्माण टोलीको योजना छ ।

SHARE