तामाङ चलचित्र संघ नेपालद्धारा नेपाल तामाङ कलाकार संघको निर्वाचित नव कार्यसमितिलाई बधाई तथा सम्मान

तामाङ चलचित्र संघ नेपालको आयोजनामा नेपाल तामाङ कलाकार संघको ८ औं महाधिवेशनबाट निर्वाचित नव कार्यसमितिलाई बधाई तथा सम्मान गरेका छन ।

गएको हप्ता मात्रै सम्पन्न भएको नेपाल तामाङ कलाकार संघको ८ औं अधिवेशनबाट गायक तथा संगीतकार विशाल काल्तानको नेतृत्वमा २१ कार्यसमिति सर्वसहमतबाट चयन भएका थिए ।

कत्तिपय अवस्थामा बजार तथा सामाजिक संञ्जलमा २ संस्थाबिचमा मनमुटाप रहेको टीका टिप्पणी आए पनि वास्तवमा त्यस्तो नरहेको र दुई वटा संस्थाको विधिविधान ,उदेश्य एउटै रहेको तामाङ चलचित्र संघ नेपालका अध्यक्ष कुमार मोक्तानले बताए ।

कला संस्कृति र तामाङ समुदायको हक अधिकारलाई संस्थागत गर्नको  निमित्त अनवरत रुपमा  आगामी दिनहरुमा सदैभ नेपाल तामाङ कलाकार संघ, तामाङ चलचित्र संगै रहने समेत नेपाल तामाङ कलाकार संघका नवनिर्वाचित अध्यक्ष विशाल काल्तानले बताए ।

शनिबार सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा नेपाल तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष सुदिन लामा दोङ, नेपाल तामाङ पत्रकार संघ काठमान्डौंका सचिव हिरोज लोप्चन, तामाङ चलचित्र संघका  पूर्व अध्यक्ष  प्रकाश ब्लोन लगाएतले नेपाल तामाङ कलाकार संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

SHARE