फिल्म ‘बालापन’को प्रिमियरमा मन्त्री किराँतीको प्रसांसा

काठमान्डौं । फिल्म ‘बालापन’को काठमाडौंमा प्रिमियर गरिएको छ । संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको प्रमुख अतिथ्यतामा भएको प्रिमियरमा फिल्मले उठाएको विषयवस्तुको उपस्थित अतिथिहरुले प्रशंसा गरेका थिए । मन्त्री किराँतीले फिल्मले समाजभित्रको यथार्थ कुराहरुलाई चित्रण गरेको बताए ।

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष  राजकुमार राईले फिल्मले जस्तोसुकै विषयलाई उठाए पनि अहिलेको अवस्थामा व्यावसायिक सफलता अपरिहार्य रहेको जिकिर गरे । ‘फिल्मलाई हामीले दिएको शुभकामनाले मात्र केही पनि हुँदैन । फिल्मभित्र चाहिने हरेक तत्वहरु हुनुपर्छ । साथै फिल्म क्षेत्रमा नयाँ मान्छेहरु आउनुपर्छ, जसले गर्दा फिल्म क्षेत्र चलायमान हुन्छ,’ राईले भने । फिल्मका निर्माता हट मिलन राईले फिल्म समाजसेवा, दिनदुखी, असहाय तथा अनाथ बालबालिकाको सहयोगार्थ निर्माण गरिएको बताए । उनले फिल्मलाई अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पनि प्रिमियर गर्ने जानकारी दिए । फिल्ममा सविन श्रेष्ठ, प्रियंका कार्की, धिरेन शाक्य, सोनी बिसी, सुनील थापा, राजेन्द्रकुमार थापा, रेस फिरिरि, प्रभुराम कार्की लगायतको अभिनय छ ।

एन्जिलेना फिल्मस् प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘बालापन’मा प्रभुराम कार्की र हट मिलन राई निर्माता तथा इन्दिरा थापा र कला राई सह–निर्मातामा रहेका छन् भने फिल्ममा रामकृष्ण खरेले  छायांकन गरेका हुन । देश तथा विदेशमा फिल्मको शो आयोजना गरेपछि हलमा प्रदर्शन गर्ने योजना रहेको निर्देशक आरजीले बताए ।

SHARE