मिस धरान : १९ बर्षीया निवा लिम्बूले जितेकी छिन्

 मिस धरान आइकन २०२३ को उपाधि धरान १५ की १९ बर्षीया निवा लिम्बूले जितेकी छिन् ।

उनले ११ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस धरान आइकनको उपाधिसँगै मिस पर्सनालिटीको सबटाइटल पनि जितिन् । उपाधिसँगै निवाले नगद ५० हजार रुपैयाँ र एक साताको हङकङ भ्रमणको अवसर पनि पाएकी छिन् । निवा इटहरी इन्टरनेश्नल कलेजमा बिबिए सेकेण्ड इयरमा अध्ययनरत छिन् । उनलाई आयोजक संस्थाका प्रमुख हरिहाङ तिगेलाले बिजेताको ताज  लगाइदिए।

मिस धरान आइकन २०२३ को फस्ट रनरअप अनु राई घोषित भइन् । उनले नगद ३० हजार रुपैयासँगै ३ महिनाको निःशुल्क आइएलटिएस कोर्सको अवसर प्राप्त गरिन् । उनले मिस इन्टेलेक्चुअलको सब टाइटल पनि जितिन् । उनलाई मिस धरान आइकन २०२२ कि फर्स्ट रनर अप प्रेजिना राईले ताज लगाईदिए।

 जेसिका जोशी सेकेण्ड रनरअप बन्दै नगद २० हजार रुपैयासँगै ३ महिनाको निः शुल्क आइएलटिएस कोर्स गर्ने अवसर प्राप्त गरिन् । उनले मिस ब्युटिफुल कम्प्लेसनको सब टाइटल पनि जितिन् । उनलाई मिस धरान आइकन २०२२ कि सेकेन्ड रनर अप श्वेता बिस्वकर्माले ताज लगाईदिएकी थिइन् ।

शुक्रबार राती सदन सभाहलमा सम्पन्न फाइनलमा धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै निवाले ताज पहिरिएकी हुन् । मुख्य निर्णायक गगनमान श्रेष्ठले सोधेको प्रश्नको जवाफ दिदै उनले धरानको अर्थतन्त्रको विकास, पर्यटनमा टेवा पुर्याउन स्थानीय सम्पदाको प्रर्वद्धन, साँस्कृतिक सम्पदाको पुर्ननिर्माण गर्ने बताएकी थिइन् ।

यसैगरि, सब(टाइटल अन्तर्गत मिस फोटो जेनिक समीक्षा चौधरी, मिस बेस्ट वक रिया सेन्चुरी, मिस मल्टिमिडियासँगै मिस फ्रेण्डसिप दिवाना राई, मिस पब्लिक चोइस साइमना राई, मिस डिस्सिप्लिन विशाखा विष्ट, मिस एक्टिभ जुनु तामाङ, मिस कल्चरल ड्रेस सृष्टिका राई, मिस बेस्ट स्माइल एलिना तामाङ घोषित भए । ब्ल्याक पिग इन्टरटेन्मेटको आयोजनामा भएको मिस धरान आइकनको यो दोस्रो संस्करण हो ।

SHARE