काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोह सकिएलगत्तै सिंहदरबार पुगेर उनले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।
पदभार ग्रहणसँगै उनले आफ्नो कार्यकालको पहिलो निर्णय सार्वजनिक गर्दै सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने बताएका छन्। सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउने उद्देश्यले यस्तो निर्णय लिएको उनको भनाइ छ।
सो अवसरमा बोल्दै गृहमन्त्री गुरुङले भीआईपी लावालस्करका नाममा सर्वसाधारणलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए। “कम बोल्ने मान्छे हुँ, एक्सनमा जान्छु। जेनजीको माग अनुसार हामी आएको हो, सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,” उनले भने।
सर्भिस डेलिभरीमा गुनासा आउन नदिन कर्मचारीहरूलाई सचेत रहन आग्रह गर्दै उनले परिणाममुखी काममा केन्द्रित हुन निर्देशन समेत दिएका छन्।









