प्रेस सेन्टर,प्रतिष्ठान प्रदेश कमिटिद्धारा दशैं, तिहार, छठ पर्वकाे अवसरमा चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न

काठमाडौं । प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश कमिटिले दशैं, तिहार, छठ  पर्वकाे अवसरमा चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सेन्टरका अध्यक्ष बिष्णु सापकोटा जुगलले, उपाध्यक्ष निर्मल ज्ञवाली, उपाध्यक्ष तथा प्रतिष्ठान प्रदेश इन्चार्ज बिदुर खड्का, महासचिव सन्तोष पाैडेल लगायत केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीले आपसमा शुभकामना साटासाट गरेका थिए ।

श्रमजीवी पत्रकारको हकहितको रक्षाका लागि लड्ने संगठन हुनुका नाताले कान्तिपुर लगायत मिडियाले बिनाकारण श्रमजीवी पत्रकारको जागिर खाेस्ने काम गरेको विषयमा सेन्टरले त्यसबिरूद्ध आन्दोलन गर्ने अध्यक्ष सापकोटाले बताए ।

नेपाल पत्रकार महासंघले पत्रकार सदस्य नवीकरण र वितरणमा सुद्धिकरण अभियान संचालन गरेको र साेही मुताबिक सबै शाखाले काम गरे – नगरेको बारे चनाखो हुनुपर्ने महासचिव पाैडेलले बताए ।

SHARE