सामूहिक बलात्कार अभियोगमा कराँते प्रशिक्षकलाई जेल चलान

सामूहिक बलात्कार अभियोगमा दोषी ठहर भएका कोशीका दुई जना कराँते प्रशिक्षकलाई अदालतले आठ–आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना सजाय निर्धारण गरेको छ।

विराटनगरस्थित एउटा नर्सिङ कलेजकी १९ वर्षीया छात्रामाथि सामूहिक बलात्कार अभियोगमा भदौदेखि पुर्पक्षमा रहेका मोरङका दुवै जनालाई बुधबार मोरङ जिल्ला अदालतले सजाय सुनाएको हो।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदीलाई ८ वर्ष कैद र जनही ३-३ लाख रुपैयाँ जरिवाना तोक्ने फैसला गरेको हो।

SHARE