सरकारले माद्द १८ गतेका लागि संसद् बैठक बोलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ गते स्रसद्को दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले बैठक बोलाउनुअघि सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले सभामुख घिमिरेसँग संसद अधिवेशन बोलाउने र संसदमा के कस्ता बिजनेस दिन सकिने विषयमा छलफल गरेका थिए।
संसद बैठक नबस्दा विपक्षी दलहरूले सरकारलाई दबाब दिँदै आएका थिए । संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले संयुक्त वक्तव्य जारी गरेर सरकारको आलोचना गरेका थिए ।
छिट्टै संसद बैठक नबोलाइए विशेष अधिवेशन आह्वानको प्रक्रियामा जाने चेतावनी पनि विपक्षीले दिएको थियो ।